नेपाल इन्जिनियसर्स एशोसिएसनमा लोकतान्त्रिक समूह बिजयी- BUSINESS NEWS

4 months ago Comments Off on नेपाल इन्जिनियसर्स एशोसिएसनमा लोकतान्त्रिक समूह बिजयी- BUSINESS NEWS

नेपाल इन्जिनियसर्स एशोसिएसनमा लोकतान्त्रिक समूह बिजयी भएको छ । लोकतान्त्रिक समूहको तर्फाट अध्यक्षका उम्मेदवार हरेराम श्रेष्ठको प्यानल बिजयी भएको हो ।
काठमाडौमा सम्पन्न भएको नेपाल इन्जिनियर्स एशोसिएसनको ३१ औ कार्यकारिणी परिषदको निर्वाचनमा लोकतान्त्रिक समूह बिजयी भएको छ । समूहका अध्यक्ष हरेराम श्रेष्ठको नेतृत्वको प्यालन बहुमतले बिजयी भएको छ । उहाँको निकतम प्रतिद्धन्दी प्रगातिशीलको तर्फबाट डा समित्रा अमात्य रहनु भएको थियो । एशोसिएसनको उपाध्यक्षमा उमाशँकर साह,महासचिवमा उमेश प्रसाद थानी, उपमहासचिवमा रविभुषण झा, कोषाध्यक्षमा सुुसन बैध निर्वाचित भएका छन । त्यसैगरी एशोसिएसनका कार्यकारिणी सदस्यहरुमा अनुप राज शर्मा, नन्द कुमार ओझा, अश्वेशराज गौतम, टपेन्द्र बहादुर खड्का, होमनाथ पोखरेल, श्यामबिक्रम खाँड, सन्जय अधिकारी यादव, सरोज धिताल र रोर्वट खनाल र अन्जना भट्ट बिजयी भएका छन ।
Video Rating: / 5

Video Rating: / 5